१० साउन २०८३, आइतबार

ओलीलाई हटाएर सांसद किनबेच गर्नुभन्दा ताजा जनादेशमा जानु लोकतन्त्रको हितमा : कमल थापा

ओलीलाई हटाएर सांसद किनबेच गर्नुभन्दा ताजा जनादेशमा जानु लोकतन्त्रको हितमा : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले संसद विघटन भइसकेको अवस्थामा ताजा जनादेशमा जानु लोकतन्त्रको हितमा रहेको बताएका छन् ।

मंगलवार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्दै अध्यक्ष थापाले केपी ओलीलाई हटाएर फेरि सांसद किनबेच र अपवित्र गठबन्धन गर्नुभन्दा ताजा जनादेशमा जानु ठीक हुने जनाएका छन् ।

उनले लेखेका छन्, ‘केपी ओली हटाएर फेरि सांसद किनबेच र अपवित्र गठबन्धन बनाएर भ्रष्टाचार, कुशासन र अस्थिरताको नयाँ शृंखला शुरू गर्नुको सट्टा ताजा जनादेशमा जानु लोकतन्त्रको हितमा हुन्छ । केपी ओलीको असफलताबाट मुक्तिको लागि पनि ताजा जनादेश आवश्यक छ । अहिले व्यक्ति मात्र होइन, बाटो र नीति पनि परिवर्तन आवश्यक छ ।’

salt training

कमेन्ट गर्नुहोस्