२७ जेठ २०८३, बुधबार

पतिको हत्या गरेर आफैं प्रहरीकहाँ पुगिन् पत्नी !

पतिको हत्या गरेर आफैं प्रहरीकहाँ पुगिन् पत्नी !

कुनै पनि अपराध गरिसकेपछि अपराधी घटनास्थलबाट फरार हुन्छन् । तर, हत्याजस्तो अपराधमा त्यो पनि घटनालाई अञ्जाम दिइसकेपछि अपराधी आफैं प्रहरीकोमा आत्मसमर्पण गर्न जानु त्यो अपत्यारिलो विषय बन्दछ । 

हत्यापछि अपराधि आफैं प्रहरीको नियन्त्रणमा जानु प्रायः विदेशतिरकै खरब हुन्छन् । तर, हाम्रो नेपालमा पनि यस्तो घटना भएको पाइएको छ । सोमबार साँझ रुकुमपश्चिममा यस्तै आश्चर्यचकित पार्ने घटना भएको छ । 

जहाँ एक पत्नीले आफ्नो हत्या गरेर, आफैं प्रहरी कार्यालयमा पुगेर पतिको हत्या गरेको बताएकी छिन् । रुकुमपश्चिमको मुसीकोट नगरपालिका–८ किटनीकी ५० वर्षीया डल्ली बुढा रगतले लतपतिएको चक्कुसहित जिल्ला प्रहरी कार्यालयमा पुगिन् । 

हातमा रत्ताम्य चक्कुसहित हस्याङफस्याङ गर्दै आएको देखेर प्रहरी त एकछिन् अक्कमक्क परे । चक्कु देखाउँदै उनले भनिन्, ‘मैले मेरा श्रीमानको हत्या यही चक्कु प्रहारबाट गरेको छु । मलाई पक्राउ गर्नुहोस् । लाश घरमा छ ।’

एकछिन् त प्रहरीलाई पत्याउनै गाह्रो भयो । तर, पछि महिलाले भनेअनुसारको ठेगानामा जाँदा उनका पति ३९ वर्षीय चित्रबहादुर थापाको शव रगतले लतपतिएको अवस्थामा फेला पर्‍यो ।

घटनास्गथलमा धारिलो हतियार (चक्कु)ले घाँटी रेटिएको अवस्थामा थापाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । प्रहरीले घटनाका विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।

आफैंले हत्या गरेको भन्दै प्रहरीकहाँ आत्मसमर्पण गर्न जाने डल्ली चित्रबहादुरकी कान्छी पत्नी हुन् । प्रहरीले शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्