
नेपालको अग्रणी फिनटेक कम्पनी फोन पे ले एश इन्स्टिच्युड अफ म्यानेजमेन्टबाट आएको टोली इन्फ्लु–एसरलाई ‘फोन पे स्टुडेण्ट एम्बेस्डर २०२०’को विजेता घोषणा गरेको छ ।
डिजिटल नेपालको प्रवद्र्धन गर्न नविन सोचका युवाहरूको खोजीको लागि पहिलो पटक विद्यार्थी लक्षित कार्यक्रम गरिएको थियो । विद्यार्थीका लागि सिक्ने, सिकाउने र व्यावसायिक तथा व्यक्ति विकासको लागि एक प्लेटफर्म हो ।
कार्यक्रम ४ अगस्ट २०२० देखि २१ नेभेम्बर २०२० सम्म सञ्चालन भएको थियो । यस कार्यक्रम ३ चरणमा विभाजन गरिएको थियो ।
४ अगस्टदेखि ३१ अगस्ट अगस्टसम्म सञ्चालन भएको पहिलो चरणमा विद्यार्थीले आवेदन फारामका साथै एउटा फोन पेसँग सम्बन्धित रचनात्मक भिडियो निर्माण गर्नुपर्ने थियो । पहिलो चरणमा काठमाडौंका विभिन्न कलेजबाट ५० जना विद्यार्थीको सहभागिता रहेको थियो ।
दोस्रो चरणमा एम्बेस्डर छनौटका लागि शीर्ष १७ टोली छानिएका थिए । यस चरणमा सहभागीले ३ महिनामा ब्राण्डको प्रवद्र्धन कसरी गर्न सकिन्छ भन्ने आफ्ना कार्ययोजना प्रस्तुत गरेका थिए ।
अगस्ट ९ देखि नोभेम्बर २१ २०२० सम्म एम्बेस्डरले फिनटेकका परिदृश्यका साथै फोन पेका सबै सेवाका विषयमा गम्भीर ढंगले अध्ययन गरेका थिए ।
शीर्ष १० विद्यार्थी दूतहरूमा एश इन्टरनेशनल विजनेश स्कूलबाट ‘फ्रन्टरनर्स’, काठमाडौं युनिभर्सिटी स्कूल अफ म्यानेजमेन्टबाट ‘जानुस’, द ब्रिटिस कलेजबाट ‘एक सपना’, काठमाडौं कलेज अफ म्यानेजमेन्टबाट ‘गार्नेट’, पुल्चोक इन्जिनियरिङ कलेजबाट ‘निर्भया’, एश इन्टिच्युड अफ म्यानेजमेन्टबाट ‘एश मास्ट्रोस’,नेशनल कलेज अफ कम्प्युटर स्टटिजबाट ‘टाइटन्स्’, हेराल्ड कलेज काठमाडौंबाट ‘एक्स्होर्टस’, एश इन्टिच्युड अफ म्यानेजमेन्टबाट ‘प्रभाव पार्ने मान्छेहरू’, थेम्स् इज्न्टरनेसनल कलेजबाट ‘एनआईई’ रहेका थिए ।
डिजिटल नेपालको विचार प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गपरएको यस कार्यक्रमको अवधिभर शीर्ष १० टीमले विभिन्न सामाजिक सञ्जालमा एक्टिभेसन कार्यक्रम सञ्चालन गरेका थिए ।
यस अवधिमा विद्यार्थीलाई भिडियो निर्माण प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर दिइएको थियो । उनीहरूले फोन पे प्रयोग र यसले पुर्याउने फाइदाका विषयमा भिडियो निर्माण गरेका थिए । विजेता टीमले विगमार्टबाट प्रस्ताव गरिएको ५ हजार रुपैयाँ बराबरको गिफ्ट भौचर प्राप्त गरेका थिए ।
विजेता २० डिसेम्बर २०२० मा घोषित गरिएको थियो । काठमाडौं कलेज अफ म्यानेजमेन्टबाट ‘गार्नेट’ टोली भिडियो प्रतियोगितामा विजेता बन्यो र उसले बिगमार्टको सपिङ भौचर जित्न सफल भयो ।
एस इन्स्टिच्युड अफ म्यानेजमेन्टले ६२ हजार ७०० पोइन्ट्स ल्याउँदै टाइटल उपाधि जित्न सफल भयो । काठमाडौं कलेज अफ म्यानेजमेन्ट फस्ट रनरअप जित्न सफल भयो । एश इन्टिच्युडको टीम एश मास्ट्रोसले सेकेण्ड रनरअप जित्न सफल भएको जनाइएको छ ।