
पूरै विश्वका युवाहरुका लागि बजाजको पल्सल बाइकमा छुट्टै क्रेज छ । बाइक मोडिफाइ गरे चलाउन युवाहरुको शोख हो ।
भारतसहित नेपालमा सवारी साधन मोडिफाइ गर्नु गैर कानुनी मानिन्छ ।
तर, पनि युवाहरु आफ्नो शोख पूरा गर्नका लागि अनेक प्रकारको मोडिफाइ गर्न तम्तयार हुन्छन् ।
केही गाडी त मोडिफाइपछि झन् आकर्षक देखिन्छन् । हालै सामाजिक सञ्जालमा एक भिडियो निकै भारल बनेको छ ।
जसलाई देख्दा भन्न सकिन्छ मानिसहरु आफ्नो शोख पूरा गर्न यस्तोसम्मको पागलपन पनि गर्न पछि हट्दैनन् ।
पल्सर–२२० बाइकको अघिल्लो पांग्रा परिवर्तन गरी त्यसमा एक ट्रयाक्टरको पांग्रा लगाइएको छ ।
जसका कारण यो मोटरसाइकल निकै विचित्र देखिएको छ । अगाडि ट्रयाक्टरको पांग्रा फिट गरिएकोले मोटरसाइकलबाट सस्पेन्सन पनि हटाइएको छ ।
ट्रयाक्टरको यो पांग्रा बाइकमा फिट गर्नका लागि बाइकलाई पनि सोही अनरुप ढालिएको छ ।
ताकि टायर अगाडितर्फ बीचमा सहज तरिकाले फिट होस् । यसका लागि एक कस्थटम हब बनाइयो र त्यसमा बाइकलाई फिट गरिएको हो ।
अगाडिको पांग्रामा ब्रेक पनि छैन । यद्यपि यो ट्रयाक्टरको पांग्राबारे कुनै जानकारी दिइएको छैन ।
भाइरल भिडियोमा युवा बाइकमा सवार भएर सडकमा आरामले चलाइरहेको देखिन्छ । यतिमात्र होइन, कच्ची सडकमा पनि स्मुदली बाइक चलाइरहेका छन् ।
अगाडिको पांग्रा ठूलो भएका कारण मोड्न भने केही मुस्किल देखिन्छ ।