२८ जेठ २०८३, बिहीबार

साउथ सुपरस्टार राम चरण कोरोना संक्रमित

साउथ सुपरस्टार राम चरण कोरोना संक्रमित

दक्षिण भारतीय सिनेमाका सुपरस्टार रामचरण तेजालाई कोरोना संक्रमण भएको छ । उनले ट्वीटरमार्फत आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएका छन् । अहिले आफू होम क्वारेन्टाइनमा बसेको उनले बताएका छन् । 

उनले ट्वीट गर्दै लेखेका छन्, ‘मलाई कारोना टेस्टका क्रममा रिपोर्ट पोजेटिभ आएको छ । यद्यपि मलाई लक्षण भने केही देखिएको छैन । तर, पनि सावधानीका लागि होम क्वारेन्टाइनमा बसेको छु ।’

उनले छिट्टै कोरोनाबाट मुक्त हुने अपेक्षा राखेको बताएका छन् । आफ्नो पोस्टका साथ उनले पछिल्ला दिनमा आफ्नो सम्पर्कमा रहेका सबैलाई समयमै कोरोना टेस्ट गराएर सुरक्षित रहन पनि अनुरोध गरेका छन् ।

हालै उनले आफ्ना मित्र र परिवारका साथ क्रिसमस मनाएका थिए । सेलिब्रेशनको केही तस्वीर पनि इन्स्टाग्राममा अपलोड गरेका छन् । जहाँ अल्लू अर्जुन, निहारिका कोनिडेला र केही अन्य साथीहरु पनि देखिएका छन् । 

रामचरणका पिता चिरञ्जीवी पहिले नै कोरोना संक्रमित भएका थिए । उनले आफ्नो अपकमिङ फिल्म ‘आचार्य’ सुटिङ गर्नुअघि नै कोरोना टेस्ट गराएका थिए । जसको रिपोर्ट पोजेटिभ आएको थियो । दुई साता होम क्वारेन्टाइनमा बसेपछि उनी कोरोनाबाट मुक्त भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्