
कोरोनाको नयाँ स्ट्रेन फैलिएपछि दक्षिण अफ्रिकाले मदिराजन्य पदार्थ बिक्री वितरणमा अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ ।
बेलायतपछि नै दक्षिण अफ्रिकामा देखिएको थियो । मदिरा सेवनले जोखिम बढाउने मात्रै नभई भीड जम्मा हुने भएकाले पनि तत्काल प्रतिबन्ध लगाइएको हो ।
बेलायतबाट शुरु भएको कोरोना भाइरसको नयाँ रुप फैलिन थालेपछि सबै देशले उच्च सतर्कता अपनाएका छन् ।
गत महिनादेखि बेलायतमा कोरोना भाइरसको नयाँ स्ट्रेन देखिएको थियो । अहिले अधिकांश यूरोपियन देशमा देखिएको छ ।
साथै बेलायतबाट आएका ६ जना भारतीयमा पनि कोरोना नयाँ स्ट्रेनको संक्रमण देखिएको छ ।
अधिकांश देशले बेलायत भ्रमण र त्यहाँबाट आउने सबै प्रकारका सवारीमा प्रतिबन्ध लगाएका छन् ।