
वरुण धवन र सारा अली खान स्टारर ‘कुली नम्बर–१’ फिल्मलाई रिभ्यू एग्रीगेटर वेबसाइडमा दोस्रो सबैभन्दा कम रेटिङ दिइएको छ ।
वेबसाइटका अनुसार अडियन्सले यो फिल्मलाई सलमान खान स्टाटर ‘रेस–३’ र अजय देवगन स्टाटर ‘हिम्मतवाला’ भन्दा पनि खत्तमको संज्ञा दिएका छन् ।
वेबसाइटमा फिल्मलाई करिब २३ हजार मात्रै भ्यूअर्स मिलेका छन् । जसको १० मध्ये एभरेज रेटिङ १.३ मात्र हो ।
२३ हजारमा ७६ प्रतिशतले लगभग जम्मा १ रेटिङ दिएका छन् । १० रेटिङ दिने भ्यूअर्सको संख्या १३ प्रतिशत अर्थात दुई हजार ९ सय ६० मात्र छ ।
हिम्मतवालाको कुरा गर्दा यस फिल्मलाई एभरेजमा १ं७ र रेस–३ १.९ रेटिङ दिइएको थियो ।
डेभिड धवनको निर्देशनमा बसेको कुली नम्बर–१ डिसेम्बर २५ मा अमेजन प्राइम भिडियोमा रिलिज भएको थियो ।
यो फिल्म १९९५ को कुली नम्बर–१ को रिमेक हो । जसको निर्देशन त्यसबेला पनि डेभिड धवनले नै गरेका थिए ।
त्यसमा गोविन्दा र करिश्मा कपुरको मुख्य भूमिका थियो । पुरानो फिल्मलाई दर्शकले निकै रुचाएका थिए ।