२६ जेठ २०८३, मंगलबार

ओलीसँग पार्टी एकताको प्रस्ताव लिएर जाँदा यस्तो दिन आउला भन्ने सोचेको थिइनँ– प्रचण्ड

ओलीसँग पार्टी एकताको प्रस्ताव लिएर जाँदा यस्तो दिन आउला भन्ने सोचेको थिइनँ– प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन पछि केपी ओलीकै कदमका विरुद्ध संघर्ष गर्ने दिन आउला भनेर सोच्न नसकेको बताएका छन् । 

पार्टी एकताको प्रस्ताव लिएर अ‍ेलीकोमा गएको तीन वर्षपछि उनकै निरंकुशताविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउदा दुख लागेको बताए । 

‘तीन वर्षअघि पार्टी एकीकरणको प्रस्ताव लिएर जाँदा तीन वर्षपछि ओलीका विरुद्ध आन्दोलन गर्नुपर्ला भनेर सोचेको थिइनँ, विडम्बना आज विरोध प्रदर्शन र सभा गर्दैछौं,’ मंगलवार काठमाडौंको भृकुटीमण्डपमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले भने । 

प्रचण्डले केपी ओलीलाई प्रधानमन्त्री बनाएकोमा क्षमा माग्नुपर्ने अवस्था आएको बताए ।

‘गणतन्त्र उहाँको सिद्धान्त होइन, बयलगाडावाला सिद्धान्त हो भन्ने थाहा थियो । उहाँ संघीयता र धर्मनिरपेक्षता पक्षधर होइन भन्ने थाहा थियो, तर गणतन्त्रको बाढी आएपछि उहाँ बगेर आउनुहोला भन्ने लागेको थियो,’ प्रचण्डले भने, ‘आज घटनाक्रमले के पुष्टि गर्‍यो भने उहाँ गणतन्त्रविरोधी बयलगाडामै हुनुहुँदोरहेछ ।’ 

salt training

कमेन्ट गर्नुहोस्