२८ जेठ २०८३, बिहीबार

सुतिरहेका काकामाथि गोली प्रहार गरी भतिज फरार

पुस १४, २०७७
सुतिरहेका काकामाथि गोली प्रहार गरी भतिज फरार

केही दिनयता समस्तीपुरमा अपराधिक गतिविधिले चरम सीमा नाघेको छ ।

आइतबार राति अज्ञात समूहले एक किसानको घरमा घुसेर गोली हानेर हत्या गरेका थिए भने, सोमबार राति ताजपुर थाना क्षेत्रमा एक भतिजाले आफ्नै काकालाई गोली हानेर हत्या गरेका छन् । 

घाइते मोहम्मद मुन्ना अलीको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार काकाभजितबीच जमिनको विषयलाई लिएर विवाद चलिआएको थियो ।

सोमबार रात भतिजा काकालाई खोज्दै घर पुगे र बिस्तरामा सुतिरहेका काकालाई गोली हानेर फरार भए । यसपछि छिमेकीहरूले थाहा पाएर घाइते मोहम्मदलाई अस्पताल लगेका थिए ।

गम्भीर अवस्थामा पुगेका मोहम्मदको उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले हत्याराको खोजी गरिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्