
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक मंगलवार साढे ५ अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार पछिल्ला दिनमा झिनो अंकले उकालो लाग्दै आएको नेप्सेले मंगलवार पनि सोही गति समात्यो ।
नेप्से ५.५७ अंकले उकालो लागि २ हजार १२.८९ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१३ ले घटेर ३८२.४४ पुगेको छ ।
कूल २०९ कम्पनीका ८० लाख १ हजार ३१४ कित्ता शेयर ४ अर्ब ९ करोड २२ लाख २७ हजार ८०२ मूल्यमा खरिदबिक्री भएका छन् । कारोबर भएका कूल १२ उपसमूहमध्ये ४ उपसमूहको शेयर उकालो लाग्दा ८ उपसमूहको शेयर भने ओरालो लागेको छ ।
निर्जीवन बीमा ११.८५, उत्पादन १९५.९ अन्य ५०.०७ र लघुवित्त ११.३७ अंकले बढ्दा बैंकिङ ९.७, व्यापार ३.२२, होटल ४.५४, विकास बैंक १८.९५, वित्त २.१५, जीवन बीमा ७०.०२ र सामूहिक लगानी कोष ०.०१ अंकले घटेको छ ।
कारोबारका आधारमा नविल बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको ५३ करोड १ लाख ७७ हजार ९९० रुपैयाँ बराबरको कारोबार भयो । शिवम् सिमेन्ट्सको २७ करोड ९३ लाख ८० हजार ६४२, ग्लोबल आइएमई बैंकको २३ करोड ५० लाख ८७ हजार ७०५, हिमालयन डिस्टिलरीको २० करोड ८ लाख १३ हजार १०४, नेपाल लाइफ इन्स्योरेन्सको १८ करोड ९८ लाख ३५ हजार १३७, नेपाल पुर्नबीमा कम्पनीको १८ करोड ७७ लाख ३८ हजार ५४७ र एनआईसी एसिया बैंकको १५ करोड ६ लाख ५९ हजार १६७ बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो ।
नागरिक लगानी कोषका लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशतले कमाए । नारायणी डेभलपमेन्ट बैंक ९.८९, हिमालयन जनरल इन्स्योरेन्स ७.५०, शिवम् सिमेन्टस् ५.६७, हिमालय डिस्टिलरी ४.८६ र एसविएल डिबेञ्चर २०८२ का लगानीकर्ताले ३.९७ प्रतिशतले कमाएका छन् ।
मल्टीप्रपोज फाइनान्स कम्पनीका शेयरधनीले ६ प्रतिशतले गुमाएका छन् । सेन्ट्रल फाइनान्स ४.०९, मितेरी डेभलपमेन्ट बैंक ३.८६, युनाइटेड इदिमर्दी हाइड्रोपावर ३.७७, राधी विद्युत् कम्पनी ३.५३ र ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.४० प्रतिशतले गुमाएका छन् ।