३० जेठ २०८३, शनिबार

दिशा पाटनीको बिकिनी फोटोलाई २ घण्टामै यति धेरै लाइक

पुस १४, २०७७
दिशा पाटनीको बिकिनी फोटोलाई २ घण्टामै यति धेरै लाइक

यतिबेला बलिउड अभिनेत्री दिशा पाटनीको बिकिनी फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ । पछिल्लो पटक उनले सार्वजनिक गरेका फोटोमा २ घण्टामै १३ लाखभन्दा धेरै लाइक आएको छ । 
दिशा फिटनेशमा निकै ध्यान दिन्छिन् । अनि, सामाजिक सञ्जालमा प्रायजसो फोटो र भिडियोहरु पोस्ट गरिरहन्छिन् । पछिल्लो फोटोमा उनी समून्द्रमा सर्फ बोर्डमा उभिएको देखिन्छिन् । उनले हातमा स्टिक पनि समातेकी छिन् । फोटोमा दिशाको परफेक्ट फिगर देखिएको छ । 

दिशाले प्रायस इन्स्टाग्राममा आफ्नो छुट्टी मनाउँदाका फोटोहरु पोस्ट गर्ने गर्छिन् । पछिल्लो पटक उनी यसै वर्षको सुरुवातमा रिलिज भएको ‘मलंग’ मा आदित्य रोय कपूरसँगै देखिएकी थिइन् । आगामी वर्ष दिशा र सलमान खान अभिनित ‘राधे– यो मोस्ट वान्डेट भाई’ प्रदर्शनमा आउँदैछ । २७ डिसेम्बरमा सलमान खानले यो फिल्म आगामी वर्ष ईदमा रिलिज हुनसक्ने बताएका थिए । सलमानसँग यसअघि दिशाले ‘भारत’ मा पनि काम गरेकी थिइन् । 

टाइगर श्राफसँगको लामो समयदेखिको अफेयरका कारण पनि दिशा चर्चामा रहन्छिन् । 
 

salt training

कमेन्ट गर्नुहोस्