०९ असार २०८३, मंगलबार

माछापुच्छ्रे बैंकको थप ६ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

माछापुच्छ्रे बैंकको थप ६ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ६ शाखा रहित बंैकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले भक्तपुर जिल्लाको सुर्यविनायक न.पा.–०३, बालकोट, सिराहा जिल्लाको नरहा गा.पा.–०३, नरहा, महोत्तरी जिल्लाको एकडारा गा.पा.–०५, कोलहुवा बगैया, मुगु जिल्लाको खत्याड गा.पा.–११, रातापानी, झापा जिल्लाको शिवसताक्षी न.पा.–१०, माईधारा  र झापा जिल्लाकै कन्काई न.पा.–०९, घौलाडुब्बामा थप ६ शाखा रहित बंैकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

 बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बेंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले बैंकले शाखा रहित बंैकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

देशका विभिन्न स्थानमा ६ शाखारहित बैंकिङ्ग सेवा थप भएसंगै यो बैंक लिमिटेडको शाखा रहित बंैकिङ्ग सेवा १४८ पुगेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्