
नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले तमु ल्होसारको शुभकामना दिएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा शुभकामना सन्देश लेख्दै राजदूत बेरीले पर्वहरूले सांस्कृतिक विविधताले भरीपूर्ण देश नेपालको पाटोलाई अझै झल्काएको बताएका छन् ।
उनले लेखेका छन्, ‘तमु ल्होसार/योमरी पुन्ही/उधौली पर्व/धान्य पुर्णिमा लगायतका पर्व मनाइरहनुभएका सबैमा सुखद् क्षणहरूको शुभकामना ! सांस्कृतिक विविधताले भरीपूर्ण देश नेपालको यो पाटोलाई आजको दिनले अझै झल्काएको छ ।’
तमु ल्होसार/योमरी पुन्ही/उधौली पर्व/धान्य पुर्णिमा लगायतका पर्व मनाइरहनुभएका सबैमा सुखद् क्षणहरूको शुभकामना। सांस्कृतिक विविधताले भरीपूर्ण देश नेपालको यो पाटोलाई आजको दिनले अझै झल्काएको छ। Stay happy, stay safe! 🙏🇳🇵🇺🇸 pic.twitter.com/Zh4l1ZEq9O
— Ambassador Randy Berry (@USAmbNepal) December 30, 2020