०५ साउन २०८३, मंगलबार

बाग्मती प्रदेशमा प्रचण्डपक्षीय नेकपा संसदीय दलको बैठक बस्दै

बाग्मती प्रदेशमा प्रचण्डपक्षीय नेकपा संसदीय दलको बैठक बस्दै

बाग्मती प्रदेश सभाका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षीय सांसदहरूको बैठक बुधवार बस्दैछ ।

मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि पहिलो पटक संसदीय दलको बैठक बस्न लागेको हो ।

नेकपा सांसद अष्टलक्ष्मी शाक्यले विकसित घटनाक्रमको विषयमा छलफल गर्न संसदीय दलको बैठक बस्न लागेको जानकारी दिइन् ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री पौडेलले संसदीय दलका उपनेता र सचेतकलाई हटाएका थिए ।

प्रचण्ड–माधव नेपाल पक्षले पौडेलविरुद्ध ४५ सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्