२२ जेठ २०८३, शुक्रबार

यसवर्ष बलिउडले गुमायो चर्चित १० हस्ती

यसवर्ष बलिउडले गुमायो चर्चित १० हस्ती

कोरोना भाइरसका कारण २०२० अन्य क्षेत्र मात्रै होइन मनोरञ्जन उद्योग पनि यसवर्ष माथि उठ्न सकेन । पहिले नै रिलिज मिति तय गरिएका फिल्महरु हलसम्म पुग्न सकेनन्, कतिको सुटिङ नै हुनसकेन ।

वर्षेनी खर्बौंकाे ब्यापार हुने बलिउडमा कोरोनाका कारण यसवर्ष निराशाजनक नै रह्यो । यति मात्र होइन, बलिउडले वर्ष २०२० मा आफ्ना परिवारका चर्चित हस्तीलाई पनि गुमाएको छ ।

केहीले आत्महत्या गरे भने, केही अन्य कारणले यो दुनियाँलाई अलविदा गरे । जसमा सुशान्त सिंह राजपूत, इरफान खानदेखि ऋषि कपुर र सरोज खान पनि हुन् । 

यी कलाकारको मृत्युले बलिउडमा निकै ठूलो धक्का लाग्यो ।

१ सुशान्तसिंह राजपूत  

बलिउडमा आफ्नो छाप बलियो बनाउँदै गएका युवा अभिनेता सुशान्त सिंह राजपूत १४ जुनमा आफ्नै घरमा मृत भेटिए ।  जम्मा ३४ वर्षको उमेरमा नै उनले यो दुनियाँ छाडेका थिए । उनको निधनले बलिउडमा पूरै शोकमा डुबेको थियो । 
 

२. इरफान खान 

इरफान खानको पनि यसै वर्षको २९ अप्रिलमा निधन भएको थियो । क्यान्सरसँग निरन्तर एक वर्षदेखि लड्दै आएका इरफानको उपचारकै क्रममा अस्पतालमा मृत्यु भयो । इरफान आफ्नो अन्तिम फिल्म ‘अंग्रेजी मिडयम’ मा देखिएका छन् । जसमा करीना कपुरको पनि मुख्य भूमिका छ । 

३. ऋषि कपुर 

‘मेरा नाम जोकर’ बाट बलिउडमा डेब्यू गरेका ऋषि कपुरको गत अप्रिल ३० मा निधन भएको थियो । छातीमा संक्रमण भएपछि श्वास लिन समस्या भयो । त्यसपछि अस्पताल भर्ना गरिएका कपुर घर फर्किएनन् । २०१९ मा उनी क्यान्सरको उपचार गरेर अमेरिकाबाट भारत फर्किएका थिए । 

४. सरोज खान

बलिउडकी चर्चित कोरियोग्राफर सरोज खानको कार्डियक अरेस्थटका कारण ३ जुलाईमा निधन भएको थियो । उनको ७१ वर्षको उमेरमा मृत्यु भएको हो । सरोज खानलाई श्वास लिन समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो । त्यही उनको मृत्यु भएकोे हो । 

५. वाजिद खान

बलिउडका चर्चित म्यूजिक कम्पोजर वाजिद खानले पनि २०२० मा ४३ वर्षको उमेरमा दुनियाँलाई विदा गरे । वाजिदलाई मिर्गौला सम्बन्धी समस्या थियो । लामो समयदेखि उपचार गराइरहेका वाजिदको अस्पतालमै मृत्यु भएको हो । 

६. जगदीप

बलिउड फिम्ल उद्योगमा स्थापित भइसकेका चर्चित कमेडियन सैयद इस्तियाक जाफरी अथाएत जगदीपको ८ जुलाईमा मुम्बईमा निधन भएको हो । बाल कलाकारबाट आफ्नो करिअर शुरु गरेका जगदीपको ८१ वर्षको उमेरमा निधन भएको हो । 

७. एसपी बालासुब्रमण्यम 

एसपी बालासुब्रमण्यमको निधन गत सेप्टेम्बर २५ मा कोरोना संक्रमणका कारण भएको हो । कोरोना संक्रमित भएपछि उनी चेन्नइस्थित के एमजीएम अस्पतालमा भर्ना गरिएको थियो । उनले आफ्नो करिअरमा सलमान खानका कैयौं फिल्ममा गीत गाएका छन् । 

८. निम्मी

बलिउडका निम्मी, जसको वास्तविक नाम नवाब बानो हो । उनको पनि यसैवर्ष ८८ वर्षको उमेरमा मृत्यु भएको छ । उनले १९५० देखि १९६० सम्म कैयौं हिट फिल्ममा काम गरेका थिए । 

९. आसिफ बसरा

आसिफ बसरा गत नोभेम्बर १२ मा धर्मशालाको एक निजी कम्प्लेक्समा मृत भेटिएका थिए । उनको निधनको कारण अहिलेसम्म खुल्न सकेको छैन । 

१० निशिकान्त कामत

‘मुम्बई मेरी ज्यान’ फिल्मका निर्देशक निशिकान्त कामतको १७ अगस्तमा मृत्यु भएको हो । ५० वर्षीया निर्देशक तथा अभिनेता कामतलाई कलेजोसम्बन्धी समस्या थियो । 

salt training

कमेन्ट गर्नुहोस्