तनहुँ, २ जेठ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँको भिमाद नगरपालिकाको मेयरमा एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।
भिमाद नगरपालिकामा जारी मतगणनाको पछिल्लो परिणामअनुसार एमालेबाट मेखबहादुर थापा १३४५ मतसहित अग्र स्थानमा छन् । कांग्रेसका उम्मेदवार पुष्पराज पराजुलीले १०२७ मत ल्याएका छन् ।
उपमेयरमा भने नेपाली कांग्रेसकी उम्मेदवार इन्दिरा खनाल १३६९ मतसहित अग्र स्थानमा छिन् भने एमाले उम्मेदवार शारदा खनाल १३४५ मतसहित पछ्याइरहेकी छन् ।