२५ असार २०८३, बिहीबार

मन्त्रिपरिषद् पुनर्गठन विरुद्धको रिटमाथि आज सुनुवाइ हुँदै

मन्त्रिपरिषद् पुनर्गठन विरुद्धको रिटमाथि आज सुनुवाइ हुँदै

प्रतिनिधिसभा विघटनपछि सरकार कामचलाउ हैसियतमा पुगेकाले मन्त्रिपरिषद् पुनर्गठन गर्न नपाइने भन्दै सर्वाेच्च अदालतमा परेको रिट निवेदनमाथि आज बुधवार सुनुवाइ हुँदैछ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता लोकेन्द्र ओलीले दायर गरेका रिटमाथि न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा सुनुवाइ हुने भएको हो ।

रिटमाथि सुनुवाइ गर्न आज पेशी तोकिएको निवेदकमध्येका एक अधिवक्ता लोकेन्द्र ओलीले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हालै गरेको मन्त्रिपरिषद् पुनर्गठन बदर हुनुपर्ने माग रिट निवेदनमा गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्