२२ जेठ २०८३, शुक्रबार

सलमानले भनेका थिए, ‘मैंने प्यार किया’बाट निकाल्नुस्

सलमानले भनेका थिए, ‘मैंने प्यार किया’बाट निकाल्नुस्

कुरा त्यतिबेलाका हो, जतिबेला सलमान खानले ‘बीवी हो तो ऐसी’मा काम गरे । तर, उक्त चलचित्र प्रदर्शन भएन । त्यतिबेला उनले थाहा पाए की सुरज बडजात्या आफ्नो चलचित्र ‘मैंने प्यार किया’को लागि नयाँ अनुहार खोजिरहेका छन् ।

त्यसबेला उनी अडिसन दिन पुगे । उनले अडिसन दिनुअघि दीपक तिजोरी तथा कुणाल गाेस्वामीले अडिसन दिइसकेका थिए । त्यसबेला सलमानले यो चलचित्रमा आफुले काम पाउँछु भन्ने झिनो आशासमेत राखेनन् । 

किनभने सलमानले त्यसअघि अर्को एक चलचित्रमा काम गरिसकेका थिए । उनी त्यसबेला आश्चर्यचकित भए कि सलमानलाई सुरजले चलचित्रमा छानिएको बारे फोनमा कुरा बताए ।

त्यसबेला ‘बीवी हो तो ऐसी’को रिलिज को तयारी शुरु गरियो । सलमानले प्रिव्यु थियटरमा गएर आफ्नो त्यो चलचित्र हेरे । सलमानले आफ्नो उक्त चलचित्रमा आफ्नै अभिनय यति दिकदार लाग्यो कि उनले आफ्नो लागी मैंने प्यार कियामा खर्च नगर्न भन्दै उक्त चलचित्रका निर्देशक समक्ष अपिल गरे ।

आफ्नो कारण सुरजको चलचित्र फ्लप हुनसक्ने भन्दै सलमानले आफु सुरज बडजात्याको चलचित्रबाट निकाल्नुस् भन्दै अपिल गरेको भारतीय मिडियाको भनाई छ । पछि सुरज बडजात्यालाई समेत आफूले काम गरेको चलचित्र हेर्न अनुरोध गरे । 

सलमानलाई लागेको थियो सुरज बडजात्याले चलचित्र हेरेपछि आफूलाई सहजै निकाल्छन् । तर, मैंने प्यार कियामा सलमानले गरेको उक्त अपिललाई चलचित्रका निर्देशकले स्विकार गरेनन् । 

बरु, चलचित्रको तयारीमा लाग्न सलमानलाई आग्रह गरियो । ‘मैंने प्यार किया’ बन्यो । प्रदर्शन भयो । सुपरहिट चलचित्र बन्यो । यही चलचित्रबाट बलिउडमा एउटा उदाउँदो स्टार जन्मियो ।

salt training

कमेन्ट गर्नुहोस्