२५ जेठ २०८३, सोमबार

२०२० मा बलिउड छिरेका प्रमुख स्टारहरू

पुस १५, २०७७
२०२० मा बलिउड छिरेका प्रमुख स्टारहरू

२०२० बलिउडका लागि मात्रै होइन पूरै दुनियाका लागि अत्यासलाग्दो साबित भयो । कोरोना महामारीका बीच विश्वभर लकडाउन लागू गरियो ।

लकडाउनमा सिनेमा हल बन्द भए, सोहि कारण धेरै चलचित्र हलमा लाग्न पाएनन् । 

तथापी, यस साल बलिउडमा केहि अभिनेत्रीहरुले बलिउडमा डेब्यु गरे, जसको अभिनय र उनीहरुको कलाकारिता क्षमता देखेर बलिउडमा चम्किन सक्ने सम्भावना देखिएको छ ।

सञ्जना सांघी

इम्तियाज अलीको चलचित्र ‘रकस्टार’मा एउटा मुख्य कलाकारको भूमिकामा काम गरे पनि सञ्जना सांघीको खासै चर्चा भएन ।

तथापी, अहिले उनलाई धेरैले चिन्छन् । सञ्जनाले २०२० मा दिवंगत कलाकार सुशांत सिंह राजपूतको साथमा चलचित्र ‘दिल बेचारा’ फिल्मबाट बलिउडमा डेब्यू गरेकी थिइन् । 

चलचित्रमा सञ्जनाले एक क्यान्सर पीडित युवतीको भूमिका निभाएकी छन् । उनको अभिनयलाई धेरैले मन पराए । 

त्यसपछि उनको चर्चा निकै बढ्यो । पछिल्लो समय उनलाई केही चलचित्रको अफर आएको बुझिएको छ ।

अलाया एफ

पुजा बेदीकी छोरी तथा कवीर बेदीकी नातीनी अलाया एफको बलिउडमा कसरी डेब्यू हुन्छ भनेर निकै चर्चा गरिन्थ्यो ।

अलायाले सैफ अली खानको ‘जवानी  जानेमन’ का साथ चलचित्र उद्योगमा पाइला चालिन् । 

अलायाको अभिनयलाई दर्शकदेखि समिक्षकसम्मले मन पराए । उनी बलिउडमा लामो समय टिक्नसक्ने सम्भावना समिक्षकहरुले गरेका छन् ।

आरुषि शर्मा

इम्तियाज अलीको चलचित्र ‘तमाशा’ मा एक सानो भूमिका निभाएसँगै आरुषि शर्माले २०२० मा बलिउडमा डेब्यू गरिन् ।

आरुषिले इम्तियाजको चलचित्र ‘लव आज कल’मा  कार्तिक आर्यनको साथमा बलिउड यात्रा थालनी गरेकी हुन् ।

आदिल खान

बलीउडका पावरफूल  निर्देशक विधु विनोद चोपडाको चलचिबाट आदिल खानले २०२० मा बलिउडमा डेब्यू गरेका छन् । आदिलको पहिलो चलचित्र ‘शिकारा’ हो । 

जो कश्मिर पीडितको पलायनपछिको घटनामा आधारित चलचित्र हो । आदिलले चलचित्रमा एक कश्मीरी युवकको भूमिका निभाएका छन्, जसलाई दर्शकले खुबै मन पराए ।

सादिया खतीब

आदिल खानको साथ सादिया खतीबले पनि यसैवर्ष बलिउड डेब्यू गरिन् । ‘शिकारा’ सादियाको पहिलो चलचित्र हो, जहाँ उनले आदिलको पत्नीको भूमिकामा काम गरिन् । 

चलचित्रमा सादियाको अभिनयलाई सबैले मन पराए । साथै उनको अभिनयलाई लिएर निकै तारिफ गरियो । 

salt training

कमेन्ट गर्नुहोस्