२२ जेठ २०८३, शुक्रबार

गुगल म्यापको सहयोगले एकैदिन ९ मन्दिरमा चोरी

पुस १५, २०७७
गुगल म्यापको सहयोगले एकैदिन ९ मन्दिरमा चोरी

पछिल्लो समय टेक्नोलोजी यति विकसित भइसकेको छ कि यसबाट असम्भव लाग्ने कुरा पनि सम्भव बनाइदिएको छ । अहिले चोर पनि चोरीका लागि टेक्नोलोजीको भरपुर प्रयोग गर्न थालेका छन् ।

भारतको कर्णाटकमा केही समयअघि यस्तै घटना भएको छ । जहाँ पाँच चोरले ९ मन्दिर लुटेका छन् । 

गुगल म्यापको सहाराले मन्दिरका हरेक ढोका र नक्सालाई राम्रो तरिकाले स्क्यान गरे र पछि घटनालाई अञ्जाम दिएका छन् ।

जहाँ मानिसहरु बाटो पत्ता लगाउने गुगल म्यापको प्रयोग गर्छन् । चोरहरुले पनि त्यही तरिकाले मन्दिरमा चोरी गरेका हुन् । 

गत सेप्टेम्बर महिनामा ५ चोरले दुर्गम क्षेत्रमा बनेका मन्दिर लुट्ने योजना बनाए । यस योजनालाई सफल पार्न उनीहरुले गुगल म्यापको प्रयोग गरे । 

यसको सहयोगले फरक दिनमा पनि होइन, एकै दिन ९ मन्दिरबाट लाखौंको बहुमूल्य सामग्री चोरी गरेका हुन् ।

चोरहरुले मन्दिर मात्रै होइन, आसपास बस्ने स्थानीयबारे पनि जानकारी लिएका थिए । 

चोर मात्रै होइन, प्रहरी पनि यो घटनामा टेक्नोलोजी प्रयोग गर्न माहिर निस्कियो । मन्दिर लुटेर फरार भएका चोरलाई पक्राउ गर्न प्रहरीले पनि गुगल म्यापकै प्रयोग गरेको छ ।

अन्नतः सबै चोरलाई हिरासतमा ल्याउन सफल भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्