२३ जेठ २०८३, शनिबार

बुधबार ५११ मा संक्रमित थपिए, सात जनाको मृत्यु

बुधबार ५११ मा संक्रमित थपिए, सात जनाको मृत्यु

पछिल्लो २४ घन्टामा देशभर ५ सय ११ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १ सय १० जनाको पीसीआर परीक्षण गर्दा ५११ जनामा संक्रमण पुष्टि भएको हो । 

बुधबार देशभर ६ हजार ३ सय सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ३ हजार ४ सय ७७ संस्थागत र २ हजार ८ सय २३ होम आइसोलेशनमा छन् ।

यस्तै, अनुसार पछिल्लो २४ मा ६ सय संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ । यो सँगै संक्रमित मुक्त हुनेको संख्या २ लाख ५१ हजार ९ सय १२ पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा थप ७ जनाको संक्रमणबाट मृत्यु भएको छ। हालसम्म नेपालमा मृत्यु हुनेको संख्या एक हजार ८ सय ४७ पुगेको छ।

salt training

कमेन्ट गर्नुहोस्