१८ असार २०८३, बिहीबार

अपहरणकारी संगठनका सदस्य १२ वर्षपछि पक्राउ

अपहरणकारी संगठनका सदस्य १२ वर्षपछि पक्राउ

भ्याली कोण्ड स्टोरका सञ्चालक अपहरणपछि साढे एक करोड फिरौती असूली गरेको प्रकरणमा संलग्न एक जनालाई १२ वर्ष पछि प्रहरीले पक्राउ गरेको छ ।
 
भारतको दार्जलिङमा नाम परिर्वन गरि ‘प्रकाश’ राखेर बस्दै आएका सर्लाहीका कुमार बुढाथोलीलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) सहकुल थापाले बताए । 

२०६५ साल पुष १ गते अपहरण गरि साढे एक करोड फिरौती माग्ने उदय सेठ्ठी र प्रल्लाहद महतको समूहमध्येका एक सदस्य बुढाथोकी रहेको प्रहरीले जनाएको छ । 

उक्त अपहरणमा संलग्न सेठ्ठी, महत, विष्णु जिसी, टासी गुरुङ र विकास कार्कीलाई २०६६ सालको पुषमा महानगरीय अपराध महाशाखाले पक्राउ गरेर उनीहरुको संगठन ध्वस्त पारेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्