०६ असार २०८३, शनिबार

फरार रहेका २ जना अभियुक्त पक्राउ

पुस १६, २०७७
फरार रहेका २ जना अभियुक्त पक्राउ

अदालतबाट दोषी ठहर भई फरार रहेका २ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का २५ वर्षीय मोहनसिंह रावत र सोही नगरपालिका–३ का ३८ वर्षीय रमेश दमाईंलाई प्रहरीले बुधवार साँझ पक्राउ गरेको हो । 

चोरी मुद्दामा कञ्चनपुर जिल्ला अदालतबाट दोषी ठहर भई १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना फैसला भएका रावतलाई घरमै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी अदालतमा पेश गरी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।

उनका अनुसार लागूऔषध मुद्दामा अदालतबाट १ महिना कैद र १ हजार जरिवाना फैसला भएका फरार रहेका दमाईंलाई पक्राउ गरी कारागार चलान गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्