ललितपुर, २ जेठ– ललितपुर महानगरपालिकाको वडा नं ३ र ४ को मतगणना सकिन नपाउँदै एमाले वडाअध्यक्ष लगायत प्यानल नै आफ्नो पार्टीको जित सुनिश्चित भइसकेको भन्दै अबिर माला सहित मतगणनास्थल बाहिर बिजयी जुलुस निकालेका छन् ।
एमालेका तर्फबाट वडा नं ३ का श्री गोपाल महर्जन र वडा नं ४ का अध्यक्ष नारायण केसीसहित प्यानल नै जित्ने सुनिश्चित भएको भन्दै धिमे , बाजागाजासहित बिजयी जुलुस गरेका हुन् ।

वडा नं ३ र ४ मा वडाअध्यक्ष लगायत प्यानलको अन्य दलभन्दा करिब ५ सय मतको फरक मत भएको भन्दै जित सुनिश्चित भएको भन्दै उनीहरुले विजयी जुलुस गरेका हुन् । ललितपुर महानगरपालिकामा कुल २९ वडा रहेका छन् ।
.jpg?1494919132522)