२२ जेठ २०८३, शुक्रबार

काठमाडौंको न्युनतम तापक्रम ० डिग्रीतिर

पुस १६, २०७७
काठमाडौंको न्युनतम तापक्रम ० डिग्रीतिर

काठमाडौंको न्यूनतम तापक्रम बिहीवार ० दशमलव ८ डिग्रीमा झरेको छ । 

काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै बिहीवार यस वर्षकै बढी चिसो महसूस गरिएको छ ।

काठमाडौंसहित देशभर चिसो बढेको छ । तराई क्षेत्रमा बाक्लो हुस्सुले जनजीवन प्रभावित बनेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बुधवार काठमाडौंको न्यूनतम तापक्रम १ दशमलव १ डिग्री सेल्सियस थियो । काठमाडौं उपत्यकाको तापक्रम अबका केही दिन निरन्तर घट्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए ।

‘उपत्यकाको तापक्रम माइनसमा पुग्ने सम्भावना भने कमै छ,’ मौसमविद् प्रधानाङ्गले भने ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार बिहीवार काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १६ दशमलव ६ डिग्री सेल्सियस छ । बिहीवार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ८ दशमलव ५ डिग्री र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम ८ दशमलव २ डिग्री सेल्सियस छ । 

salt training

कमेन्ट गर्नुहोस्