![गणेश गिरिको निर्देशनमा रचना रिमाल र निरायु गौतमको ‘तिमीलाई देखेपछि’ [भिडियो]](https://lktcdn2.prixacdn.net/media/134291595_142896050794241_5793787864349267970_n_j1Uu4ZtEXD.jpg)
छोटो समयमा नै नेपाली सांगीतिक क्षेत्रमा आफ्नो भिन्दै पहिचान बनाउन सफल गायिका रचना रिमालको स्वर रहेको ‘तिमीलाई देखेपछि’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा निरायु गौतमको शब्द तथा स्वर रहेको छ भने संगीत ओम सुनारले दिएका हुन् । गीतमा एरेन्ज ओम सुनारको नै रहेको छ ।
‘तिमीलाई देखेपछि’ गीतको भिडियोमा अभिनेता गणेश गिरि, निरायु गौतम र जाबे रिया केसीलाई फिचरिङ गरिएको छ । सुशान्त श्रेष्ठ, अस्मिन घिमिरे र निसु आइडुको पनि भिडियोमा अभिनय रहेको छ ।
गणेश गिरिको निर्देशक रहेको गीतको भिडियोलाई चितवनको सौराहा, नारायणघाट लगायतका ठाउँमा छायांकन गरिएको हो । निर्देशक गिरीले यसअघि पंचायत, कोपिला लगायतको चलचित्र निर्माण गरिसकेका छन् भने बर्बाद, आगो–२, पञ्चायत, कोपिला लगायतको चलचित्रमा अभिनय गरिसकेका छन् ।
गिरि अभिनित म यस्तो गीत गाउँछु २ रिलिजको तयारीमा रहेको छ । गिरीले यसै भिडियोमार्फत म्युजिक भिडियो निर्देशकमा हात हालेका हुन् । सौरभ लामाको छायांकन रहेको सार्वजनिक भिडियोलाई गौतमराज खड्काले सम्पादन गरेका हुन् ।
भिडियोको पोस्ट प्रोडक्सन मोसन पोस्ट स्टुडियोमा गरिएको हो ।