३० जेठ २०८३, शनिबार

मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिट आज पनि ‘हेर्न नभ्याइने’

मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिट आज पनि ‘हेर्न नभ्याइने’

मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्च अदालतमा परेको रिट माथिको आज दोस्रो दिनको पेशी पनि सरेको छ ।

न्यायाधीश कुमार रेग्मीको इजलासमा परे पनि रिट ‘हेर्न नभ्याइने’ जानकारी प्राप्त भएको रिट निवेदक मध्येका एक अधिवक्ता लोकेन्द्र ओलीले जानकारी दिए ।

बुधवार न्यायाधीश ईश्वर खतिवडाको इजलासमा परेको रिट हेर्न भ्याइएको थिएन । प्रतिनिधिसभा विघटनसँगै कामचलाउ हैसियमा पुगेका प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओली लगायतले छुट्टाछुट्टै रिट दायर गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रवार मन्त्रिपरिषद् विस्तार गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्