२२ जेठ २०८३, शुक्रबार

विद्युत काटिएको भन्दै चौतर्फी आलोचना भएपछि प्राधिकरणले निकाल्यो यस्तो विज्ञप्ति

विद्युत काटिएको भन्दै चौतर्फी आलोचना भएपछि प्राधिकरणले निकाल्यो यस्तो विज्ञप्ति

पछिल्ला केही दिनमा विद्युत कटौती बढिरहेको भन्दै सर्वसाधारणबाट गुनासो आउन थालेपछि नेपाल विद्युत प्राधिकरणले विज्ञप्ति निकालेर त्यसको खण्डन गरेको छ ।

प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, 'भारत्वहन क्षमता भन्दा बढी विद्युत प्रवाह हुँदा केही समय विद्युत प्रसारण तथा आपूर्तिमा भएको अवरोध लोडसेडिङ होइन । तथापी त्यस्तो अवरोध न्यूनीकरण र निराकरण गर्न प्राधिकरण सक्षम र प्रयासरत छ ।'

प्राधिकरणले कहीं कतै प्राविधिक कारणले विद्युत कटौती हुनुलाई लोडसेडिङ भन्न नमिल्ने भन्दै विज्ञप्तिमार्फत् आफ्नो बचाउ गरेको हो ।

गत पुस १३ र १४ गते राष्ट्रिय विद्युत प्रणालीमा केही समय आएको अवरोध प्राविधिक कारणले आएको प्राधिकरणले स्पष्ट पारेको छ ।

'त्यतिबेला आएको समस्या निराकरण गरिसकिएको छ,' विज्ञप्तिमार्फत प्राधिकरणले भनेको छ ।

salt training

कमेन्ट गर्नुहोस्