काभ्रे, २ जेठ– जारी मतगणनाअनुसार काभ्रेको पाँचखाल नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार पछि परेका छन् ।
यसअघि लगातार लिड गरिरहेका माओवादी उम्मेदवार आइतसिंह तामाङ एमाले उम्मेदवार रुद्र बानियाभन्दा १२१ मतले पछाडि परेका हुन् ।
अहिलेसम्मको परिणामअनुसार एमाले उम्मेदवार बानियाले १४४० मत ल्याएका छन् भने माओवादी उम्मेदवार तामाङले १३१९ मत ल्याएका छन् । कांग्रेस उम्मेदवार महेश खरेलले भने ११९० मत ल्याएका छन् ।
उपमेयरमा पनि एमाले उम्मेदवारले अग्रता लिएका छन् । मतपरिणामअनुसार उपप्रमुखमा एमाले उम्मेदवारले १४५२, माओवादी उम्मेदवारले १३२३ र कांग्रेस उम्मेदवारले ११३३ मत ल्याएका छन् ।