

काठमाडौं, २ जेठ — मकवानपुर जिल्लाको कैलाश गाउँपालिकामा एमाले अग्रस्थानमा छ । एमालेका अध्यक्ष उम्मेदवारले १४३३ मत ल्याएका छन् भने माओवादीले १२५३ मत ल्याएको छ । नेपाली कांग्रेस १०२४ मतका साथ तेस्रो स्थानमा छ ।
त्यस्तै उपाध्यक्षमा पनि एमाले नै अगाडि छ । उसले १४०१ मत ल्याएको छ भने माओवादीले ११९९ मत हासिल गरेको छ । कांग्रेसको १०५३ मत छ ।