२१ असार २०८३, आइतबार

प्रचण्ड–नेपाल समूहले सडकमा लगाएको नाराबारे ओलीको टिप्पणी– मर्यादा ख्याल गरे हुन्थ्यो, देख्नेलाइ लाज भयो

प्रचण्ड–नेपाल समूहले सडकमा लगाएको नाराबारे ओलीको टिप्पणी– मर्यादा ख्याल गरे हुन्थ्यो, देख्नेलाइ लाज भयो

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल 'प्रचण्ड'- माधवकुमार नेपाल समूहले सडकमा लगाएका नाराको भाषाप्रति आपत्ति जनाएका छन् । उनले मानवीय संवेदना र मर्यादा ख्याल गर्न सुझाव दिए । 

शनिवार काठमाडौं जिल्लाका नेकपा कार्यकर्तालाई सम्वोधन गर्दै ओलीले प्रचण्ड नेपाल समूहले लगाएको नाराका कारण देख्नेलाइ लाज भएको बताएका हुन् ।

‘उनीहरुका जुलुसका नारा सुन्नु भएको होला, मैले धेरै वर्ष अगाडि भनेको थिए गोरु नागां हिड्दा मलाइ लाज लाग्दैन’ ओलीले भने, ‘नारा लगाउदा मानवीय सम्यता र मर्यादा ख्याल गरे। हुन्थ्यो, देख्नेहरुलाई लाज भइसक्यो, उहाँहरुका कृत्यले ।’

सडक आन्दोलनका क्रममा प्रचण्ड नेपाल समूहका कार्यकर्ताले राष्टपति विद्या भण्डारी र प्रधानमन्त्री ओलीविरुद्ध चर्का नारावाजी गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्