२१ जेठ २०८३, बिहीबार

प्रचण्ड–नेपालप्रति आक्रामक बने ओली, सूर्य चिन्हमा गलफती

प्रचण्ड–नेपालप्रति आक्रामक बने ओली, सूर्य चिन्हमा गलफती

प्रधानमन्त्री केपी शर्मा ओली नेकपाको प्रचण्ड–माधव नेपाल पक्षप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् । आफूले नेतृत्व गरेको नेकपाको चुनाव चिह्न ‘सूर्य’ नै हुने दावी समेत गर्दै सो चिन्ह दावी गर्न प्रचण्ड–नेपाल समूहले नमिल्ने पनि उनको जिकिर छ ।

नेकपा काठमाडौँ जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले आफू नै पार्टीको आधिकारिक पहिलो अध्यक्ष रहेकाले पार्टीको नाम ‘नेकपा’ र चुनाव चिह्न ‘सूर्य’ हुनेमा निश्चिन्त रहन कार्यकर्तालाई आग्रह गरे ।  प्रधानमन्त्री ओलीको पुस ५ गतेको कदमपछि नेकपा विभाजित बनेको अवस्थामा पार्टीको आधिकारिकताको विषयमा दुबै पक्षबीच गलफती हुँदै आएको सन्दर्भमा ओलीबाट यस्तो धारणा आएको हो ।

प्रधानमन्त्री ओलीले संसद् पुनःस्थापना हुनै नसक्ने जिकिर गर्दै आफूले करिब ६४ प्रतिशत जनमतको प्रतिनिधित्व गरेकाले संसद् विघटनको प्रस्तावउपर अदालतले पुनःस्थापनाको फैसला गर्न नसक्ने बताए ।
उनले आफू नेतृत्वको सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षाका बारेमा छिमेकी मुलुकका प्रधानमन्त्री र राष्ट्रपतिसमेत जानकार हुँदा आफैँ पार्टीका नेताले राष्ट्रिय आकाङ्क्षाप्रति वैरभाव राखेको आरोप लगाए ।
उनले कोभिड नियन्त्रणमा सरकारले प्रभावकारी पहल गरिरहेको भन्दै कम्बोडियाले जहाज चार्टर्ड गरेर औषधि पठाएर सहयोग गरेको जानकारी दिए । उनले सरकारले विकास र समृद्धिको क्षेत्रमा उल्लेखनीय काम गरेको भन्दै सरकारले गरेका काम जनतामाझ लिएर जाने पनि बताए ।

salt training

कमेन्ट गर्नुहोस्