२९ असार २०८३, सोमबार

नवराज विकसहित अन्य मृतकका परिवारद्वारा अन्दोलनको चेतावनी

नवराज विकसहित अन्य मृतकका परिवारद्वारा अन्दोलनको चेतावनी

रुकुम पश्चिम हत्याकाण्डमा मारिएका नवराज विकसहित अन्य मृतकका परिवार तथा आफन्तहरुले सरकारसंग निष्पक्ष छानबिनसहित न्यायको माग गरेका छन् । आज शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी पिडित परिवार र उनका आफन्तहरुले न्याय नपाए आन्दोलनमा जाने चेतावनी दिएका हुन् । हत्याकाण्डको नौ महिना बितीसक्दा पनि पिडित परिवारले न्याय नपाएको भन्दै सरकारसंग पुनः निष्पक्ष छानबिन र न्यायको माग गरेका हुन् ।

कार्यक्रममा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष त्रिलोक चन्द विश्वास विकले उक्त मानवता विरुद्व अपराध भएको बताए ।
त्यसैगरी कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रीपाठीले रुकुम घटना सभ्यता र लोकतन्त्रमाथि प्रहार भएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्