कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का वडा सदस्य रमेश चौधरीमाथि साङ्घातिक हमला गरी घाइते बनाउने गिरोहका आठ जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।
भाँसीबाट तिलकपुर हुँदै घरतर्फ जाने क्रममा पुस १० गते वडा सदस्य चौधरीमाथि पुरानो रिसइवीका कारण ज्यान लिने मनशायबाट आठ जनाले साङ्घातिक आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।
यसैगरी पुनःवास नगरपालिका–१ ढक्का बस्ने वर्षीया ७१ का खण्टी भुलको हत्यामा संलग्न ४९ वर्षीय दलबहादुर विकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।