
कोरोना भाइरसका कारण वर्ष २०२० को शुरुवात नै त्रासदीपूर्ण बन्यो । भ्याक्सिन निर्माणसँगै अबको वर्ष २०२१ कैयौं अपेक्षाले भरिएको छ ।
विज्ञान नक्षेत्रका लागि पनि गएको वर्ष खासै केही भएन । तर, यो वर्ष भने विज्ञानको क्षेत्रमा कैयौं सफलता हासिल हुने अपेक्षा गरिएको छ ।
२०२१ मा विज्ञानको क्षेत्रमा कैयौं यस्ता काम हुनेछन् जो सदैव इतिहासले स्मरण गरिराख्नेछ ।
यो वर्ष शानदार हुने वैज्ञानिकले अपेक्षा गरेका छन् । यस वर्ष अन्तरिक्षा अनुसन्धानमा गएको वर्षभन्दा नयाँ नतिजा प्राप्त हुने बताइएको छ ।
यस वर्ष दुई रोवर मंगल ग्रहको सतहमा उत्रिने प्रयास गर्नेछन् । नासाको पर्सीवरेन्स रोव १८ फेब्रुअरमा मंगलको सतहमा अवतरण गर्ने भएको छ ।
सोहीबेला चीनको तियानवेन अभियानको एक अर्को अर्बिटर, एक ल्याण्डर र एक गल्फ कोर्ट आकारको रोवर मंगलको सतहमा अवतरण गर्ने बताइएको छ ।
यस्तै यो वर्ष अन्तरिक्ष अनुसन्धानको लागि एस्ट्रोमिटर र वैज्ञानिकका लागि सफलताको वर्षका रुपमा हुनेछ । लामो मसयदेखि पर्खाइमा रहेको एस्टोमिटरको कार्यक्रम पनि यसैवर्ष सफल हुनेछ ।
नासाले यस वर्ष जेम्ब वेब स्पेस टेलिस्कोपको प्रक्षेपण पनि गर्ने भएको छ । यो इन्फ्रारेड टेलिस्कोप हुनेछ ।
जो अन्तरिक्षमा स्थापित भएपछि सुदूर तारा र अन्य पिण्डबारे गहिराइमा पुगेर अध्यययन गर्नेछ । जो जानकारी अहिलेसम्म प्राप्त हुन सकेको छैन, त्यसलाई यो टेलिस्कोपले मद्धत गर्नेछ ।
अमेरिकाको सत्ता परिवर्तनको असर पनि अन्तरिक्ष विज्ञानमा देखिने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले पहिले नै विश्वको पर्यावरणको समस्यामा केन्द्रित हुने संकेत दिइसकेका छन् ।
यस वर्ष वैज्ञानिक कोरोनाको मूल जरो पत्ता लगाउन सक्षम हुनेछन् ।
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस कसरी पैदा भएको थियो र कसरी अगाडि फैलियो भन्ने एकिन जानकारी पत्ता लगाउने वैज्ञानिक सक्षम हुने दावी गरेको छ ।
यस्तै क्यान्सरजस्ता बिरामीको उपचारका लागि पनि यो वर्ष निकै खास हुने बताइएको छ । क्यान्सरबाट छुटकारा पाउनका लागि सोधकर्ताहरुले अध्ययन गरिरहेका छन् ।
उनीहरुले २०२१ मै क्यान्सरबाट मुक्ति दिलाउने भ्याक्सिन विकास गर्ने दावी गरेका छन् ।