०१ असार २०८३, सोमबार

संसारभर कोरोनाभाइरसका प्रकार भिन्नभिन्न, चीनलाई दोष लगाउनु गलत : चिनियाँ परराष्ट्रमन्त्री

पुस १९, २०७७
संसारभर कोरोनाभाइरसका प्रकार भिन्नभिन्न, चीनलाई दोष लगाउनु गलत : चिनियाँ परराष्ट्रमन्त्री

चीनका परराष्ट्रमन्त्री वाङ यीले संसारका विभिन्न स्थानमा बेग्लाबेग्लै किसिमका कोरोनाका प्रकार देखिएकाले चीनलाई कलंकित गर्ने सबै प्रयासको प्रतिकार गरिने बताएका छन् । 

‘हामी कोरोनाको बारेमा विश्वलाई बताउने पहिलो मुलुक हौं,’ वाङले शुक्रवार चिनियाँ सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा बताएका छन् । 

अहिले संसारमा जस्तो धारणा बनाइएको भए पनि चीनमा देखिएको महामारी नै विश्वभरि फैलिनुमा दोषी रहेको भन्न नमिल्ने तर्क उनले गरे । 

कोभिड–१९ का केसहरूको पहिलो क्लस्टर चिनियाँ शहर वुहानमा सन् २०१९ को डिसेम्बर ३१ मा देखिएको थियो । त्यसपछि यो अत्यन्त संक्रामक रोग संसारभरि फैलियो जसका कारण अहिलेसम्म १ करोड ८३ लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् । 

कोरोनाभाइरसको उत्पत्तिको विषय अहिलेसम्म स्पष्ट हुन सकेको छैन तर अमेरिकाको डोनल्ड ट्रम्प प्रशासनले चीनलाई महामारीका लागि जिम्मेवार रहेको बताउँदै आएको छ । बेइजिङले महामारीको कुरा शुरूमा लुकाएको भन्ने आरोपदेखि भाइरस मानवनिर्मित भएको र चिनियाँ प्रयोगशालाबाट चुहिएको भन्नेसम्म दाबी गरियो । 

ट्रम्पले कोभिड–१९ लाई चिनियाँ भाइरस भन्ने गरेका छन् र बेइजिङलाई यसका लागि जिम्मेवार बनाउनुपर्नेमा जोड दिँदै आएका छन् ।

चीनले महामारीलाई राजनीतीकरण गरिएकोमा कडा विरोध गर्ने उनले बताए । 

नयाँ भाइरसका विषयमा चीनले घोषणा गर्नुअघि नै यो अन्य देशमा देखिसकिएको भनी विभिन्न अन्तर्राष्ट्रिय अध्ययनहरूले देखाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्