
कोरोनाका कारण अमेरिकाको हालत झन् खराब हुँदैछ । भाइरसको प्रकोप यति बढीसकेको छ कि अन्त्यष्टि स्थलमा शव राख्नका लागि अब स्थान नै बाँकी रहेको छैन ।
दक्षिण क्यालिफोर्नियाँमा अन्त्यष्टि स्थलका एक संगठनकातर्फबाट पठाइएको पत्रमा भनिएको छ, ‘शोक सन्तप्त परिवारलाई शव फिर्ता पठाउन परिरहेको छ । यहाँ अब शव राख्ने कुनै ठाउँ नै छैन ।’
लस एन्जलिसमा क्वान्टिनेन्टल फ्यूनरल होम्सका माग्दा मेल्डोनाडोले भने, ‘यस क्षेत्रमा पछिल्लो ४० वर्षदेखि काम गर्दै आइरहेको छु । मैले यसअघि कहिले पनि सोचेको थिइन कि यस्तो परिस्थिति आउनेछ । मृतकका परिवारलाई नै अब शव राख्न सक्दैनौं भनेर भन्नु परिरहेको छ ।’
जोन हपकिन्स विश्वविद्यालयको तथ्यांक अनुसार अमेरिकामा कोरोना भाइरसका कारण तीन लाख ५० हजारको मृत्यु भइसकेको छ । दुई करोड भन्दा बढी संक्रमित भइसकेका छन् ।
मेल्डोनाडोका अनुसार हरेक दिन ३० शव ल्याउने गरिएको छ । जो सामान्य भन्दा ६ गुणा बढी हो । अधिकांश अन्त्येष्टि स्थलमा हालत उस्तै देखिएको छ ।
लस एन्जल्समा मात्रै अहिलेसम्म १० हजारभन्दा बढी संक्रमितको मृत्यु भइसकेको छ ।