१३ असार २०८३, शनिबार

गाजियावादमा निर्माणधीन घरको छत खस्दा मलामी गएका आठ जनाको मृत्यु

पुस १९, २०७७
गाजियावादमा निर्माणधीन घरको छत खस्दा मलामी गएका आठ जनाको मृत्यु

गाजियावाद वर्षातपछि एक निर्माणधीन भवनको छत खसेपछि कम्तिमा ८ जनाको मृत्यु भएको छ । कैयौं भित्र फसेको बताइएको छ ।

वर्षातपछि गाजियावादको मुरादनगरमा निर्माणधीन छत खसेको हो । 

कम्तिमा १० देखि १५ मानिस घरभित्र फसेको आशंका गरिएको छ । ताजा अपडेट अनुसार अहिलेसम्म ८ जनाको घटनास्थलमै मृत्यु भइसकेको छ ।

अन्य घाइतेको अवस्था पनि गम्भीर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

घाटमा अन्तिम संस्कारका लागि मानिसहरु त्यहाँ पुगेका थिए । वर्षा धेरै भएपछि ओत लाग्न मानिसहरु मसानघाट नजिकैको निर्माणधीन घरभित्र पसेका थिए । 

प्रहरी र सेनाको टोलीले मानिसहरुको उद्धार गरिरहेको छ । यस घटनाप्रति उत्तर प्रदेश सरकारका मुख्यमन्त्री योगी आदित्यनाथले गम्भीर विषय भएको बताएका छन् ।

पीडित मानिसहरुको हरसम्भव सहयोगको प्रयास गर्ने योगीले प्रतिबद्धता जनाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्