२२ जेठ २०८३, शुक्रबार

भारतको उत्तर प्रदेशमा दाहसंस्कारस्थलको छाना खस्दा कम्तीमा १७ को मृत्यु

पुस १९, २०७७
भारतको उत्तर प्रदेशमा दाहसंस्कारस्थलको छाना खस्दा कम्तीमा १७ को मृत्यु


भारतको उत्तर प्रदेशस्थित मुराद नगरमा आइतबार दाहसंस्कारस्थलको छाना खस्दा कम्तीमा १७ जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

घटनामा कम्तीमा ३८ जना घाइते भएका बताइएको छ । घटना लगत्तै राष्ट्रिय विपत् व्यवस्थापन बलको एक टोली घटनास्थल पुगी स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरेको छ ।

मेरठका विभागीय आयुक्त सी मेश्रामले भने, “हालसम्म १७ जनाको मृत्यु भएको छ भने दर्जनौ व्यक्ति घाइते भएका छन् ।” घाइते सबैको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्