१९ असार २०८३, शुक्रबार

६५ भोटले अध्यक्ष जित्दा १ भोटले उपाध्यक्ष पराजित

कात्तिक २०, २०७४
६५ भोटले अध्यक्ष जित्दा १ भोटले उपाध्यक्ष पराजित

तनहुँ २ जेठ– तनहुँको देवघाट गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार जम्मा एक भोट अन्तरले पराजित भएका छन् । गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार ६५ भोट बढी ल्याएर विजयी भएका छन् ।

गाउँपालिका अध्यक्षमा एमालेका दुर्गा बहादुर थापा २ हजार ८ सय ७९ मत प्राप्त गरेर विजयी भएका छन् । थापाका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कर्णबहादुर गुरुङले २ हजार ८ सय १४ मत पाएका हुन् ।

उपाध्यक्षमा काँग्रेस उम्मेदवार विमला थापा २ हजार ८ सय ६० मत प्राप्त गरि बिजयी भइन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार सावित्री न्यौपानेले २ हजार ८ सय ५९ मत प्राप्त गरेकी निर्वाचन गरेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्