३० जेठ २०८३, शनिबार

आज विभिन्न ठाउँमा हिमपात र वर्षा हुने, अत्याधिक चिसो हुने मौसम विभागको पूर्वानुमान

आज विभिन्न ठाउँमा हिमपात र वर्षा हुने, अत्याधिक चिसो हुने मौसम विभागको पूर्वानुमान

आइतवार मुलुकका विभिन्न भागमा वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ । विभागले हिमपात तथा वर्षाका कारण तापक्रम घट्ने र अत्याधिक चिसो हुन सक्ने भन्दै सावधानी अपनाउन आग्रह समेत गरेको छ ।

मुलुकमा पश्चिमी वायुको प्रभाव रहेको भन्दै विभागले सामान्य बदली हुने समेत जनाएको छ । 

विभागका अनुसार,  सोमवार दिउँसो देशभर सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश,  गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको साथै  सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका भूभागहरुका केहि स्थानहरु तथा लुम्बिनी, बागमती र प्रदेश न. १ को भूभागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

सोमवार राति देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको साथै  सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र  गण्डकी प्रदेशका भूभागहरुका केहि स्थानहरु तथा लुम्बिनी, बागमती र प्रदेश न. १ को भूभागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै मंगलवार दिउँसो  देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको साथै  सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भूभागहरुका थोरै स्थानहरु तथा बागमती र प्रदेश न. १ को भूभागहरुका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

मंगलवार राति देशभर आंशिक देखि सामान्य बदली रही सुदुर पश्चिम , कर्णाली, गण्डकी , बागमती प्रदेश तथा प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको साथै  सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागहरुका केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

बुधवार दिउँसो देशको सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने छ । सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका अनुसार बुधवार राति : देशको पहाडी भु-भागमा आंशिक बदली रहि एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्