
गाजियावाद दुर्घटनामा मृत्यु हुनेको संख्या २५ पुगेको छ । मलामी गएका मानिसहरु वर्षातपछि ओत लाग्न निर्माणधीन भवनभित्र छिरेका थिए ।
तर अचानक भवनको छत खस्दा ओत लाग्न गएकाहरु त्यहीँभित्रै पुरिएका थिए ।
उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनामा संलग्न सबैलाई तत्काल कारबाही गर्न निर्देशन दिएका छन् ।
यो घटनामा भवन निर्माण गर्ने ठेकेदार, नगरपालिकाका कार्यकारी अधिकृतलगायत कैयौं विरुद्ध उजुरी दर्ता गरिएको छ ।
यस घटनामा इन्जिनियर र भवन हेर्ने सुपरभाइरजलाई पक्राउ गरिसकेको छ ।
गाजियावाद प्रहरीले मुख्य ठेकेदारको भने खोजी गरिरहेको छ । मुख्यमन्त्री आदित्यनाथले प्रशासनसँग घटनाको पूरै जानकारी माग गरेका छन् ।
भीषण वर्षापछि भवनको छत खसेर त्यहाँ पुरिएका मृतकप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि दुःख व्यक्त गरेका छन् ।