२६ असार २०८३, शुक्रबार

चुनावमा धाँधली गर्न ट्रम्पले उक्साएको अडियो टेप सार्वजनिक

पुस २०, २०७७
चुनावमा धाँधली गर्न ट्रम्पले उक्साएको अडियो टेप सार्वजनिक

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले जर्जिया राज्यका सेक्रेटरी अफ स्टेटलाई पर्याप्त भोट खोजेर चुनाव परिणाम उल्ट्याउन आदेश दिएको अडियोटेप आइतवार सार्वजनिक भएको छ । 

ट्रम्प र रिपब्लिकन पार्टीका ब्राड राफेनस्पर्गरबीचको कुराकानी द वाशिङटन पोस्टले फेला पारेको हो । त्यसमा ट्रम्पले राफेनस्पर्गर र अर्का एक अधिकारीलाई धम्की दिँदै बाइडनको विजयलाई उनीहरूले उल्ट्याउन नसकेमा ठूलो जोखिम मोल्नुपर्ने भनेको सुनिन्छ । 
 

बाइडनले उक्त राज्य १२ हजार भोटभन्दा कम ल्याएर जितेका थिए । त्यो साँघुरो अन्तर हो र विभिन्नपटक गणना गर्दा पनि त्यसमा कुनै परिवर्तन आएको छैन । 

अहिलेको अन्तर जम्मा ११ हजार ७७९ छ । ब्राड, त्यो सही छ हैन ? मेरो एउटा काम गरिदिनुस् । मलाई ११ हजार ७८० भोट भए पुग्छ,’ ट्रम्पले भनेको सुनिन्छ ।

ट्रम्पले यस्तो कल गर्नु आश्चर्यजनक छ किनकि मानौं जर्जियामा मतपरिणाम पल्टियो भने पनि त्यसको १६ इलेक्टोरल कलेज भोटले अन्तिम परिणाममा फरक पार्ने छैन । बाइडनले ३०६ र ट्रम्पले २३२ इलेक्टोरल कलेज भोट ल्याएका छन् । 

यो टेप, बाइडनको जीतलाई रिपब्लिकनहरूले दिएको चुनौती, जर्जियामा हुन लागेका दुईवटा रनअफ चुनाव जसले अमेरिकी सिनेटमा नियन्त्रणलाई सुनिश्चित गर्छ अनि वाशिङटनमा ट्रम्पसमर्थक विरोध प्रदर्शन लगायतले अमेरिकी राजनीतिमा भयंकर विवाद हुने देखिन्छ ।
 

salt training

कमेन्ट गर्नुहोस्