०८ असार २०८३, सोमबार

धुम–४ मा स्टाइलिस चोरका रुपमा दिपीका

पुस २०, २०७७
धुम–४ मा स्टाइलिस चोरका रुपमा दिपीका

फिल्म धुम सिरिजमा अहिलेसम्म बनेका सबै फिल्म सुपरहिट नै बनेका छन् । 

सबै सिरिजको सफलतापछि अब दर्शकलाई अघिल्लो सिरिजको पर्खाई छ । धुम–४ कहिले आउँछ भन्ने पर्खाईमा छन् दर्शक । 

यशराज फिल्मसले धुम–४ सिरिजको घोषणा गर्ने खबर सार्वजनिक भएको छ । अब यसमा बलिउडकी मस्तानी दिपीका पादुकोण मुख्य भूमिकामा देखिने भएकी छन् ।

फिल्म निर्माता मुख्य भूमिकामा अहिले दिपीका नै उत्कृष्ट हुने कुरा गरिरहेका छन् । 

यदि दिपीकाले यो प्रस्ताव स्वीकार गरिन् भने फिल्मको छायांकन छिट्टै शुरु हुने बताइएको छ । अघिल्लो सिरिजमा एक सुन्दरी चोरनी देख्न पाइने भएको छ ।

जहाँ दिपीकालाई एक स्टाइलिस चोरका रुपमा पेश गरिने भएको छ । 

यद्यपि धुम–४ लाई लिएर अहिलेसम्म निर्माताको तर्फबाट आधिकारिक धारणा त सार्वजनिक भएको छैन  ।

तर, यदि दिपीका पादुकोणले यस फिल्मका लागि आफ्नो समय दिइन् भने यशराज फिल्मस्सँग दिपीकाको चौथोपटक काम हुनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्