
कालिकोट प्रहरीले हतियारसहित प्रतिबन्धित नेत्रविक्रम चन्द –विप्लव) नेतृत्वका दुई जनालाई हतियारसहित पक्राउ गरेको छ ।
नेकपा प्रवक्ता खड्खबहादुर विश्वकर्माको गृहजिल्लाबाटै हतियार बनाउने दुई जना प्राविधिक र उनीहरुको साथबाट विभिन्न विस्फोटक पदार्थ बरामद गरेको नेपाल प्रहरीले बताएको छ ।
आइतवार विश्वकर्माकै गाउँपालिका नरहरीनाथ–९ लालु चौथाका ३६ वर्षीय दुर्गबहादुर बोहोराको घरबाट उनीहरुलाई पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी वशन्त कुँवरले जानकारी दिए ।
प्रहरीले प्रहरीले बम बनाउने प्राविधिक घरधनी बोहोरा र जाजरकोट भेरी नगरपालिका–२ का पदमबहादुर पुनलाई पक्राउ गरेको हो । साथै उनको घरबाट विस्फोटक पदार्थ र कच्चा पदार्थ पनि प्रहरीले बरामद गरेको छ ।
प्रहरीले उनीहरुबाट एक थान प्रेसर कुकर बम, सकेट, वायर, बन्धुक, जेवाले, डेटेनेटर १४ थान, सकेट ११ थान, ब्याट्री चार्जर, सेफ्टी फ्यूज, गन्धक एक किलोग्राम, सेलो टेप, हात हतियार बनाउने सम्बन्धी किताब, विप्लव समूहको राजनीतिक प्रतिवेदन, सिमकार्ड ११ थान, दुई वटा मोबाईल बरामद गरेको छ ।
पक्राउ परेका दुर्गबहादुर बोहोराको बाँया हात छैन् । उनी तत्कालीन नेकपा माओवादीले सुरु गरेको जनयुद्वताका पनि विस्फोटक पदार्थ बनाउने प्राविधिक रहेको प्रहरीले जनाएको छ ।