२२ जेठ २०८३, शुक्रबार

प्रदेशसभा विघटन हुनसक्ने मन्त्री तुम्बाहाङ्फेको संकेत

प्रदेशसभा विघटन हुनसक्ने मन्त्री तुम्बाहाङ्फेको संकेत

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान अनुसार प्रदेशसभा समेत विघटन हुनसक्ने संकेत गरेकी छन् ।

विराटनगरमा सोमवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री तुम्बाहाङ्फेले प्रदेशसभा र सरकारका क्षेत्राधिकार, ऐन र नियमावली भएको बताउँदै त्यसमा राष्ट्रिय राजनीतिको प्रभाव पर्न सक्ने बताइन् । यसअघि सरकारको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भइसकेको छ ।

मन्त्री तुम्बाहाङ्फे वर्तमान सरकारले जनताको स्वास्थ्य सुरक्षा प्रमुख दायित्वमा राखी आवश्यक बजेट विनियोजन गरेको बताइन् । उनले मौलिक हकसम्बन्धी १६ ऐनका नियमावली बनाई कार्यान्वयन गर्न लागिएको र खाद्य सम्प्रभुता मात्र बाँकी रहेको जानकारी दिइन् ।

नेकपा नेत्री समेत रहेकी तुम्बाहाङ्फेले अहिले पनि समय रहेकाले पार्टीका दुवै पक्ष मिलेर जान सकिने विचार व्यक्त गरिन् ।
 

salt training

कमेन्ट गर्नुहोस्