३२ असार २०८३, बिहीबार

चुनाव हार्दै गर्दा ठूला दलप्रति बावुरामको आक्रोश,

कात्तिक २०, २०७४
चुनाव हार्दै गर्दा ठूला दलप्रति बावुरामको आक्रोश,
काठमाडौं, २ जेठ - नयाँशक्ति पार्टीका संयाेजक बाबुराम भट्टराईले चुनावमा भएको ठूला दलको तालमेल प्रति आक्रोश व्यक्त गरेका छन् । उनले ठूला दलको तालमेलले प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रीक व्यवस्था नफस्टाउने समेत बताएका छन् ।

 सामाजिक संजाल टुइटरमा लेखेका उनले आफ्नो नयाँ शक्ति पार्टीलाई भर्खरै जन्मिएको बाच्छाका विरुद्ध बुढा साँढेहरुले पुच्छर जोडेको भन्दै आक्रोश व्यक्त गरेका छन् । चुनावमा नयाँ शक्तिको सन्तोषजनक मत परिणाम नआइरहेकाे बेला उनले मुख खालेका हुन् ।

भट्टराईले कांग्रेस, एमाले, राप्रपा, माओवादी लगायतका दलले ठाउँ ठाउँमा भएको तालमेल प्रति व्यंग्य प्रकट गरेका हुन् । 


स्थानीय तहको निर्वाचनमा गोरखा र रसुवाका केही वडामा जितेको भएपनि अहिले सम्म एउटा पनि गाउँपालिका वा नगरपालिकामा नयाँशक्तिले जितेको छैन । अहिले सम्म नयाँ शक्तिले कतैपनि लिड गर्न सकेको छैन । पाएको भोट पनि निकै न्यून छ । त्यसैले उनी अपेक्षाकृत नतिजा नआउनेमा ढुक्क जस्तै देखिन्छन् ।

उनका स्वकीय सविच विश्वदिप पाण्डेले पनि नयाँ शक्तिको हारलाई संज्ञात्मक हिसावले स्वीकारेको फेसबुक स्टाटस लेखेका छन् । उनले अब नयाँ शक्तिलाई खास माया गर्नेहरुमात्रै पार्टीमा रहने भन्दै लेखेका थिए ।

त्यो भन्दा अघि भट्टराई स्वयमले सामाजिक सञ्जालमा लेख्दै चुनावमा नयाँ शक्तिको औचित्य पुष्टि भइसकेको भएपनि स्थानीय तहमा चाहिँ अझै पुष्टि हुन बाँकी रहेको भन्दै संज्ञात्मक हिसावले हार स्वीकार गरेको लेखेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्