
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेत्री रामकुमारी झाक्रीले आफूहरूले नेताहरूलाई ‘बा’ भनेर जुनसुकै कार्यलाई पनि स्वीकार नगर्ने बताइन् ।
नेकपा प्रचण्ड–नेपाल पक्षीय भेलालाई चितवनमा सम्बोधन गर्दै नेत्री झाक्रीले आफूले अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गल्ती गर्दा खबरदारी गर्ने बताइन् ।
‘हामी नेतृत्वलाई खबरदारी गरिरहन्छौं । हामी नेतालाई बा भन्दैनौं, हाम्रा ‘बा’ एकै छन्, हामी प्राकृतिक बालाई मान्छौं,’ उनले भनिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका गलत कार्र्यविरुद्ध समेत खबरदारी गरेको उनले बताइन् ।
चितवनमा आयोजित भेलालाई पूर्व मन्त्री भीम रावल र योगेश भट्टराई लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।