

ललितपुर, २ जेठ- ललितपुर महानगरपालिकाको मेयरमा फेरि एमालेले अग्रता कायम गरेको छ । केही बेर नेपाली कांग्रेसका चिरिबाबु महर्जन अघि लागेका थिए ।
तर पछिल्लो मतपरिणाम अनुसार एमालेका हरिकृष्ण ब्यन्जनकारले ४९२६ मत ल्याएका छन् भने कांग्रेसका चिरिबाबु महर्जन ४७४४ मत ल्याएका छन् ।