०२ असार २०८३, मंगलबार

सबै कोरोना संक्रमितहरू स्वास्थ्यकर्मीको निगरानीमा रहन स्वास्थ्य मन्त्रालयको अनुरोध

सबै कोरोना संक्रमितहरू स्वास्थ्यकर्मीको निगरानीमा रहन स्वास्थ्य मन्त्रालयको अनुरोध

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण पुष्टि भएका व्यक्तिहरू स्वास्थ्यकर्मीको निगरानीमा बस्न अनुरोध गरेको छ ।

सोमवार एक सूचना प्रकाशित गर्दै मन्त्रालयले कतिपय व्यक्ति स्वास्थ्य अवस्था बिग्रिँदा समेत स्वास्थ्यकर्मीको सम्पर्कमा नआउने वा ढिला आउने भएकाले ठूलो जोखिम आउने देखिएकाले मन्त्रालयले स्वास्थ्यकर्मीको निगरानीमा बस्न अनुरोध गरेको छ ।

मन्त्रालयले कोरोनाको लक्षण नभएका व्यक्ति १० दिनपछि विना परीक्षण दैनिक जीवनमा फर्किन सक्ने जनाउँदै स्रोतसाधनको दुरुपयोग नगर्न अनुरोध गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्